अप्रिल 2022
यो डाटा गोपनीयता सूचना ("Privacy Notice") ले हामी व्यक्तिगत डाटा ("Personal Data") लाई कसरी व्यवहार गर्छौँ भनेर बताउँछ। हाम्रो सेवाहरूको प्रयोगसँग सम्बन्धित रहेर ग्राहक, आगन्तुक र/वा हाम्रो वेबसाइट वा मोबाइल एप्लिकेसनको प्रयोगकर्ताको रूपमा वा अन्यथा कुनै पनि तरिकामा हामीसँग अन्तरक्रिया गर्न सक्नुहुन्छ। यस गोपनीयता सूचनामा, हामी तपाईंका व्यक्तिगत डाटा अन्य पक्षहरूसँग साझेदारी गरिएको छ कि छैन र तपाईंको डाटा सुरक्षा गर्न हामीसँग भएका गोपनीयता नीतिहरू बारे पनि वर्णन गर्छौँ।
हामी तपाईंलाई यस गोपनीयता सूचनाको कुनै पनि अपडेटका लागि नियमित रूपमा वेबसाइट / एप समीक्षा गर्न र जाँच गर्न प्रोत्साहित गर्छौँ। हामी वेबसाइटमा अद्यावधिक गरिएका संस्करण प्रकाशित गर्नेछौँ र हामीसँग व्यवहार गर्न जारी राखेर, तपाईंले समय समयमा गोपनीयता सूचना लागू भएअनुसार यसलाई स्वीकार गर्नुहुनेछ।
विषयसूची
- हामी कुन व्यक्तिगत डाटा सङ्कलन गर्छौँ, हामी यो कसरी सङ्कलन गर्छौँ र किन?
- तपाईंको व्यक्तिगत डाटाको शुद्धता
- e-KYC
- वैध सरोकार
- RIA ले कति समयसम्म व्यक्तिगत डाटा राख्छ?
- के RIA ले मेरो व्यक्तिगत डाटा अन्य पक्षहरूसँग साझा गर्छ?
- नाबालिग
- डाटा सुरक्षा
- प्रोफाइलिङ र स्वचालित निर्णय-गर्ने
- मार्केटिङ र विज्ञापन
- इमेल मूल्याङ्कन
- मेरा अधिकारहरू के के हुन् ?
- गोपनीयता उजुरी प्रक्रिया
- क्यालिफोर्निया निवासीहरूका लागि सूचना
- युरोपेली (EEA) निवासीहरूका लागि सूचना
- अर्जेन्टिनाका बासिन्दाहरूको लागि सूचना
- मेक्सिकन निवासीहरूका लागि सूचना
- चिलीका बासिन्दाहरूलाई सूचना
- मलेसिया निवासीहरूका लागि सूचना
- न्युजिल्यान्ड निवासीहरूका लागि सूचना
- अष्ट्रेलिया निवासीहरूका लागि सूचना
- भारतीय निवासीहरूका लागि सूचना
- सेवा अनुसार हाम्रा कम्पनीहरू
हामी को हौँ? | कस्तो प्रकारको डाटा सङ्कलन गरिन्छ? |
---|---|
हामी Ria हौँ, जुन Euronet कम्पनीहरूको समूहको हिस्सा हो तपाईं हाम्रा सबै सम्पर्क विवरणहरू यहाँ पाउन सक्नुहुन्छ |
हामी कानुन र स्थानीय नियमद्वारा आवश्यक डाटा मात्र सङ्कलन गर्छौँ। यसमा निम्न कुरा समावेश हुन्छन्:
|
हामी किन डाटा सङ्कलन गर्छौँ? | RIA कति समयका लागि डाटा सङ्कलन गर्छ? |
---|---|
हामी विशिष्ट अनुबन्ध र कानुनी उद्देश्यका लागि व्यक्तिगत डाटा सङ्कलन गर्छौँ। तपाईंको सहमति लिएर, हामी हाम्रो प्लेटफर्महरूमा प्रयोगकर्ता अनुभव बृद्धि गर्न सहायता दिने डाटा पनि सङ्कलन गर्छौँ। |
हामी कानुन र/वा स्थानीय नियमद्वारा आवश्यक गरिएअनुसार, व्यक्तिगत डाटा आवश्यक हुने समयसम्मका लागि मात्र राख्नेछौँ। कहिलेकाहीँ, कानुनी आवश्यकताहरू लामो अवधारण अवधिमा बदलिन सक्छ, तर एकपटक आवश्यकताहरू पूरा भएपछि यसलाई मेटाइनेछ। |
हामी कसलाई ग्राहक डाटा साझा गर्छौँ? | RIA ले तपाईंका व्यक्तिगत डाटा कहाँ राख्छ? |
---|---|
हामी हाम्रो नियामक र अनुबन्धीय प्रतिबद्धताहरू पूरा गर्न अन्य Euronet Group companies, कानुनी निकाय र साझेदारहरूसँग ग्राहकका व्यक्तिगत डाटा साझा गर्छौँ। |
हामी ग्राहकको व्यक्तिगत डाटा सुरक्षित स्थानहरूमा कडा सुरक्षा उपायहरूको साथ भण्डार गर्छौँ। हामीले अन्य देशहरूमा ग्राहक डाटा ट्रान्सफर गर्न आवश्यक भएमा, हामी कानुनी दायित्वहरूको अनुपालन गर्न र उचित स्तरको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपायहरू अपनाउनेछौँ। |
तपाईंका अधिकारहरू के के हुन्?
तपाईं आफ्नो व्यक्तिगत डाटाको मालिक हुनुहुन्छ र तपाईंसँग यसलाई नियन्त्रण गर्ने कानुनी अधिकार छ। तपाईंले कुनै पनि समयमा dpo@euronetworldwide.com मा इमेल पठाएर आफ्नो कुनै पनि अधिकारको लागि अनुरोध गर्न सक्नुहुन्छ। तपाईंको देशका आधारमा थप अधिकारहरू उपलब्ध हुन सक्छन्। थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्।
- तपाईंको डाटामा पहुँच र इलेक्ट्रोनिक प्रतिलिपि
- तपाईं डाटाको सुधार
- तपाईंका डाटा मेटाउने (कानुनले अनुमति दिएको समयमा)
- प्रक्रिया गर्ने उद्देश्यहरूको प्रतिबन्ध।
हामी कुन व्यक्तिगत डाटा सङ्कलन गर्छौँ, हामी यो कसरी सङ्कलन गर्छौँ र किन?
पहिचान डाटा
यसमा नाम, पद, आवासीय र/वा व्यावसायिक ठेगाना, इमेल, टेलिफोन र/वा फ्याक्स नम्बरहरू र अन्य सम्पर्क डाटा, जन्ममिति, लिङ्ग, तस्विर, हस्ताक्षर, राहदानी/भिसा विवरण, भ्वाइस रेकर्डिङ, आधिकारिक क्रेडेन्सियलहरू समावेश हुन सक्छन्। हामी वर्णन गरिएको उद्देश्यहरूका लागि कडा रूपमा आवश्यक पहिचान डाटा मात्र प्रयोग गर्नेछौँ।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
सेवाहरूको आपूर्ति। | अनुबन्धीय दायित्व |
न्युजलेटर र मार्केटिङ उद्देश्यहरू। | सहमति |
मार्केट अनुसन्धान र उपभोक्ता प्रतिक्रिया: हाम्रा ग्राहकहरूले हाम्रा उत्पादन र सेवाहरू प्रयोग गर्दाको आफ्नो अनुभव बारेमा हामीसँग साझा गर्ने कुनै पनि जानकारी। | सहमति वैध हित |
ग्राहक सेवा: हामी हाम्रा ग्राहकहरूसँग गरिएका टेलिफोन कल, इमेल र च्याट कुराकानीहरू (स्वचालित माध्यम वा ट्रान्सक्रिप्टहरू मार्फत) को निगरानी र रेकर्ड गर्नेछौँ। हामी तपाईंले हामीलाई उपलब्ध गराउनुभएका निर्देशनहरू पुष्टि गर्न यी कलहरूको ट्रान्सक्रिप्टहरू प्रयोग गर्नेछौँ। | अनुबन्धीय दायित्व वैध हित |
हाम्रा ग्राहकका खाताहरू व्यवस्थित गर्ने (दर्ता र प्रशासन) | पूर्व-अनुबन्धीय/अनुबन्धीय दायित्व |
उपकरण र जानकारीमा पहुँचको अनुरोध गर्ने: हाम्रा ग्राहकहरूले हाम्रा विदेशी विनिमय र भुक्तानी सेवाहरू लगायतका सेवाहरू प्रयोग गर्नको लागि दर्ता गर्न चाहने निर्णय लिनु अघि वा पछि उहाँहरूले एपमा उपलब्ध बनाइएका निश्चित उपकरण र जानकारीमा पहुँच गर्न चाहन सक्नुहुन्छ। | पूर्व-अनुबन्धीय/अनुबन्धीय दायित्व |
प्रोफाइलिङ: हामी ग्राहकहरूलाई थप व्यक्तिकृत सेवा उपलब्ध गराउनको लागि केवल स्वचालित प्रक्रियामा आधारित व्यक्तिगत बानीहरू मापन र मूल्याङ्कन गर्न हाम्रा सबै ग्राहक डाटा प्रयोग गर्छौँ। | सहमति |
फोटोग्राफ र भिडियोहरू जुन हाम्रा ग्राहकहरूले रेकर्ड गरेका र हामीसँग साझा गरेका हुन सक्छन्। | सहमति |
कार्यक्रम र उपहार गतिविधिमा सहभागिता: हाम्रा ग्राहकहरूले हामीद्वारा आयोजित कार्यक्रम वा विशिष्ट उपहार गतिविधिमा भाग लिने इच्छा गर्न सक्छन्। | सहमति अनुबन्धीय दायित्व |
ग्राहकका खाताको कुनै पनि रेकर्डहरूका साथै इ-मेल, फ्याक्स र कुनै पनि प्रकारको इलेक्ट्रोनिक सञ्चार लगायत पत्राचार। हामी र कुनै पनि Euronet समूह कम्पनीका साथै हाम्रा साझेदार र आपूर्तिकर्ताहरू बीच ग्राहक सेवा पत्र र अन्य सञ्चारहरू पनि कायम राख्न सक्छौँ | वैध हित अनुबन्धीय दायित्व |
क्रेडिट योग्यता जाँच। हामी तपाईंको आर्थिक क्षमता अनुसार तपाईंलाई हाम्रा सेवा/उत्पादनहरू उपलब्ध गराउनका लागि क्रेडिट योग्यता जाँच गर्न तपाईंले हामीलाई उपलब्ध गराउनुभएका पहिचान डाटा र आर्थिक डाटा प्रयोग गर्नेछौँ। | वैध सरोकार |
वित्तीय विवरण
तपाईंले ग्राहकको रूपमा दर्ता गर्नु हुँदा हामी तपाईंका व्यक्तिगत वित्तीय डाटा सङ्कलन गर्छौँ। हामीले तपाईङलाई हाम्रा सेवाहरू उपलब्ध गराउनका लागि तपाईंले ट्रान्सफर गर्न चाहनुभएको कोषको स्रोत (यो तलब पर्ची जस्तै हो) देखाउनका लागि बैंक खाता, वित्तीय विवरण, ट्रान्सफरको कारण, पेशा वा अन्य कागजातहरू जस्ता वित्तीय डाटा सङ्कलन गर्छौँ।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
सेवाहरूको आपूर्ति। | अनुबन्धीय दायित्व |
एन्टी-मनी लन्ड्रिङ | कानुनी दायित्व |
आतङ्कवाद विरोधी वित्तपोषण र आपराधिक गतिविधि | कानुनी दायित्व |
तपाईंको खाता व्यवस्थित गर्ने | अनुबन्धीय दायित्व |
क्रेडिट रिपोर्टहरूका लागि कानुनी प्रोफाइलिङ | वैध सरोकार |
व्यवहारात्मक र प्राविधिक जानकारी
आगन्तुकहरूको IP ठेगाना, व्यवहारात्मक जानकारी (हाम्रा उत्पादन र सेवाहरू प्रयोग गर्ने क्रममा तपाईंले गर्ने व्यवहार बुझ्नको लागि), ब्राउजरको प्रकार र संस्करण, समय क्षेत्र सेटिङ, स्क्रिन रिजोल्युसन सेटिङ, ब्राउजर प्लग-इनका प्रकार र संस्करण, सञ्चालन प्रणाली र प्लेटफर्म।
हाम्रो कुकी नीति यहाँ हेर्नुहोस्।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
भ्रमणको सङ्ख्या, कुनै वेबसाइट, एपमा बिताएको औसत समय, हेरिएका पृष्ठहरू, पृष्ठ अन्तर्क्रिया डाटा (जस्तै स्क्रोलिङ, क्लिक र माउस-होभरहरू), आदिको प्रयोग मापन गर्न र हामीले ग्राहकहरूलाई प्रस्ताव गर्ने सामग्री सुधार गर्न। | वैध सरोकार |
समस्या निवारण, डाटा विश्लेषण, परीक्षण, अनुसन्धान, साङ्ख्यिकीय र सर्वेक्षण उद्देश्य लगायत वेबसाइट प्रबन्ध गर्न र आन्तरिक सञ्चालनहरूका लागि। | सहमति वैध हित |
वेबसाइटलाई सुरक्षित र संरक्षित राख्ने हाम्रा प्रयासहरूको हिस्साको रूपमा। | सहमति वैध हित |
हाम्रा इमेलहरूको प्रभाव मापन गर्न। | सहमति |
बेनामी प्रोफाइलिङ: हामी आफ्ना सेवाहरूको अझ राम्रो प्रयोगका लागि ग्राहक अनुभव सुधार गर्नको लागि सङ्कलन गरिएको डाटालाई संयोजन गर्न सक्छौँ। | वैध सरोकार |
स्थान।
तपाईंले सेवाहरू प्रयोग गरेको समयमा हामी तपाईंको स्थान बारे जानकारी सङ्कलन गर्न सक्छौँ।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
ग्राहकहरूलाई सान्दर्भिक स्थानमा स्थानीय मुद्रा देखाउने जस्ता उनीहरूको स्थानसँग सम्बन्धित एपमा अनुकूल अनुभव उपलब्ध गराउन। | सहमति कानुनी दायित्व |
भिडियो निगरानी।
तस्विर, भिडियो, भ्वाइस रेकर्डिङ।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
हाम्रा स्टोर र कार्यालयहरूमा गाहकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि हामी CCTV राख्न सक्छौँ। | सार्वजनिक हित वैध हित |
बायोमेट्रिक डाटा।
तस्विर, भिडियो रेकर्ड र अनुहार स्क्यान। यदि हामीले कुनै समयमा अतिरिक्त बायोमेट्रिक डाटा प्रक्रिया गर्छौँ भने, तपाईंलाई पहिले नै सूचित गरिनेछ र कुनै पनि परिस्थितिमा हामी तपाईंको पूर्व सहमति बिना त्यस्ता व्यक्तिगत डाटालाई प्रक्रिया गर्ने छैनौँ।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
हाम्रो एप वा वेबसाइटमा दर्ता प्रक्रियाको अवधिमा वा हाम्रा सेवाहरू प्रयोग गर्दा जुनसुकै समयमा तपाईंको पहिचान प्रमाणित गर्न। | सहमति |
कारोबारसम्बन्धी डाटा।
हामी लाभार्थी विवरणहरू, बैंक खाता जानकारी, सम्पर्क जानकारी, तपाईंले पैसा पठाउँदै गरेको गन्तव्य र बैंक प्राथमिकताहरू जस्ता व्यक्तिगत डाटा सङ्कलन गर्छौँ। स्थानीय नियममा निर्भर रहेर, हामी कोषको स्रोत देखाउनका लागि पेशा, लाभार्थीसँगको सम्बन्ध, ट्रान्सफरको कारण र अतिरिक्त कागजातहरू जस्ता विवरणहरू सङ्कलन गर्छौँ।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
कारोबार गर्न | अनुबन्धीय दायित्व |
कारोबार गर्दा अनुपालन जानकारी उपलब्ध गराउन | कानुनी दायित्व |
संवेदनशील व्यक्तिगत डाटा।
लागूयोग्य कानुनी वा नियामक दायित्वहरू पूरा गर्नका लागि हामीले संवेदनशील व्यक्तिगत डाटा (वा अन्य "व्यक्तिगत डाटाको अन्य विशेष कोटिहरू") सङ्कलन र प्रक्रिया गर्न सक्छौँ, जस्तै तपाईंको शारीरिक वा मानसिक स्वास्थ्य वा अवस्थासम्बन्धी डाटा।
तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गर्ने कारण | तपाईंको व्यक्तिगत डाटा प्रयोग गर्ने कानुनी आधार |
---|---|
कानुनी र अनुपालन दायित्वहरू पूरा गर्न | कानुनी दायित्व आफ्नो आर्थिक हितको रक्षाका लागि सार्वजनिक हितका कारणहरू |
गैर-पहिचान योग्य डाटा।
सम्भव भएको समयमा, हामी व्यक्तिगत डाटाको सट्टा तपाईंलाई प्रत्यक्ष रूपमा पहिचान गर्न नसकिने डाटा प्रयोग गर्छौँ (जस्तै अज्ञात जनसाङ्ख्यिकीय र उपयोग डाटा)। यो गैर-पहिचान योग्य डाटा हाम्रो आन्तरिक प्रक्रियाहरू वा सेवाहरूको डेलिभरी सुधार गर्न प्रयोग गर्न सकिन्छ, तपाईंलाई थप सूचना बिना।
हामी विविध उद्देश्यहरूका लागि एकीकृत डाटा प्रयोग गर्न सक्छौँ, जसमा सेवाहरूको मूल्याङ्कन र सुधार गर्ने र सेवाहरूमा ट्राफिक विश्लेषण गर्ने लगायतका अन्य कुरा पनि समावेश हुन्छ।
2. तपाईंका व्यक्तिगत डाटाको शुद्धता
हामी तपाईंका व्यक्तिगत डाटा सही र अप टु डेट राख्न प्रतिबद्ध छौँ। त्यसका लागि, हामीले प्राप्त गरेका नवीनतम व्यक्तिगत डाटा सटीक रूपमा रेकर्ड गरिएको छ भन्ने सुनिश्चित गर्दै हामी तपाईंका व्यक्तिगत डाटाको शुद्धता सुनिश्चित गर्न उचित कदम चाल्छौँ र आवश्यक ठानिएको समयमा, तपाईंका सबै व्यक्तिगत डाटा अद्यावधिक राख्नको लागि आवधिक जाँचहरू चलाउँछौँ।
यदि तपाईंले आफ्ना व्यक्तिगत डाटा सटीक नभएको देख्नुभएमा, तपाईंले dpo@euronetworldwide.com मा इमेल पठाएर त्यसलाई सगी गर्ने आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ।
3. e-KYC
हाम्रा सेवाहरू प्रयोग गर्नका लागि, तपाईं दर्ता हुन आवश्यक हुन्छ। दर्ताको लागि प्रयोग गरिएको विधि भनेको e-KYC (इलेक्ट्रोनिक नो यु कस्टमर (Know You Customer) हो।
सेक्सन 1 मा व्यक्त गरिएअनुसार, हामी तपाईंलाई पहिचान गर्न र तपाईंको खाता सिर्जना गर्न तपाईंले हाम्रो प्रणालीमा अपलोड गर्नुभएको हुन सक्ने कुनै पनि कागजात प्रमाणीकरण गर्न बायोमेट्रिक डाटा (कानुनी रूपमा अनुमति दिइएको समयमा) प्रयोग गर्न सक्छौँ। हामी हाम्रा सबै कानूनी दायित्वहरूको पालना गर्ने क्रममा पनि यो प्रणाली प्रयोग गर्छौँ।
यदि तपाईं दर्ता गर्न चाहानुहुन्छ तर e-KYC समाधान प्रयोग गर्न चाहनुहुन्न भने, तपाईं हाम्रो ग्राहक सेवामा पुग्न सक्नुहुन्छ जसले गर्दा उनीहरूले तपाईंको अनबोर्डिङलाई समर्थन गर्न सक्छन्।
4. वैध हित।
जब हामी हाम्रो वैध हितहरू पछ्याउन ग्राहकको व्यक्तिगत डाटा प्रयोग गर्छौं, हामी तपाईंका सँग हाम्रा हितहरू मेल गराउन हरेक प्रयास गर्नेछौँ ताकि सान्दर्भिक कानुनले अनुमति दिएअनुसार वा यसले तपाईंको अधिकारलाई प्रतिकूल असर नपरेको समयमा मात्र तपाईंका व्यक्तिगत डाटा प्रयोग गरिनेछ। अनुरोधमा, ग्राहकहरूले वैध हितमा आधारित कुनै पनि प्रक्रियासम्बन्धी जानकारी अनुरोध गर्न सक्छन्
5. RIA ले कति समयसम्म व्यक्तिगत डाटा राख्छ?
व्यक्तिगत डाटा विभिन्न उद्देश्यहरूका लागि प्रयोग गरिन्छ र विभिन्न नियम र विनियमनहरूद्वारा शासित हुन्छ। ग्राहकहरूलाई उनीहरूले अनुरोध गरेका सेवाहरू उपलब्ध गराउन र लागूयोग्य कानुन, लेखा वा रिपोर्टिङ दायित्वहरू पालना गर्न आवश्यक भएसम्म यो राखिन्छ। उदाहरणका लागि:
- कानुनी र नियामक आवश्यकताहरू: हाम्रा सबै कानुनी दायित्वहरूको पालना गर्न आवश्यक भएसम्म तपाईंका व्यक्तिगत डाटा राखिन्छ।
- ग्राहक सेवा (ग्राहक सम्बन्ध प्रशासन, उजुरी व्यवस्थापन आदि): तपाईं हाम्रो ग्राहक रहनुभएसम्म हामी तपाईंका व्यक्तिगत डाटा राख्नेछौँ।
- मार्केटिङ: यस गोपनीयता सूचनाको सेक्सन 8 अनुसार तपाईंले हामीलाई अप्ट-आउट गर्न नभनेसम्म हामी मार्केटिङ उद्देश्यका लागि तपाईंका व्यक्तिगत डाटालाई प्रक्रिया गर्नेछौँ।
- अनुबन्धीय दायित्व: हामीअनुबन्धीय सम्झौता अवधिका लागि व्यक्तिगत डाटा राख्नेछौँ। ग्राहकहरूले हाम्रो अवधारण नीतिको प्रतिलिपि प्राप्त गर्न हाम्रो Euronet समूहको डाटा सुरक्षा अधिकारीलाई सम्पर्क गर्न सक्नुहुन्छ, जुन लागूयोग्य कानुन र देशको आधारमा विशिष्ट व्यावसायिक आवश्यकता अनुसार भिन्न हुन सक्छ।
6. के RIA ले मेरो व्यक्तिगत डाटा अन्य पक्षहरूसँग साझा गर्छ?
Euronet Group
हामी ग्राहकको व्यक्तिगत डाटा समूह दायित्वहरूका लागि Euronet र Euronet समूहका सम्बद्धहरूसँग साझा गर्न सक्छौँ। Euronet, Euronet समूहभित्रको कुनै कम्पनी वा तिनीहरूको कुनै सम्बन्धित सम्पत्ति संलग्न भएको विक्री, अधिग्रहण, मर्जर वा पुनर्गठनको परिणामस्वरूप, हामी ग्राहकका व्यक्तिगत डाटा तेस्रो पक्षलाई ट्रान्सफर गर्न सक्छौँ। त्यसो गर्दा, हामी यी अवस्थाहरूमा तिनीहरूको जानकारी पर्याप्त रूपमा सुरक्षित गरिएको सुनिश्चित गर्न उचित कदमहरू चाल्नेछौँ। |
कानुनी दायित्व अनुबन्धीय दायित्व |
तेस्रो पक्ष सेवा प्रदायकहरू
तेस्रो-पक्ष सेवा प्रदायकहरूले सेवाहरूको केही पक्षहरूलाई व्यवस्थित गर्न, सक्षम पार्न वा सहज बनाउन | कानुनी दायित्व | |
अनुपालन प्रमाणीकरण (e-KYC) र ठगी रोकथाम सेवा प्रदायकहरू | ||
कारोबारको प्रक्रिया सक्षम पार्न सेवा र प्रणालीहरू लगायत सञ्चार, पूर्वाधार र पूर्ति प्रदायकहरू | अनुबन्धीय दायित्व | |
हाम्रा सेवाहरूमा कार्यसम्पादनको आवश्यक स्तर कायम राख्न (अनुरक्षण, सुरक्षा र समर्थन) | ||
मार्केटिङ, परिचालन सुधार र हाम्रा अनुपालन र ठगीविरुद्धको प्रणालीहरूका लागि डाटा विश्लेषण | वैध हित कानुनी दायित्व |
|
मार्केटिङ अभियानहरूको साथ हाम्रा सेवाहरू प्रवर्द्धन गर्न | सहमति | |
डिजिटल सेवामा राखिएका विज्ञापनलाई व्यक्तिकृत बनाउन र उपभोक्ता प्राथमिकताहरू अनुरूप गर्न |
कानुनी र नियामक निकायहरू
हामीले तपाईंका व्यक्तिगत डाटालाई सान्दर्भिक निकायमा खुलासा गर्न आवश्यक हुन्छ। RIA को सम्पत्ति, सेवा वा तपाईंको अधिकारमा हस्तक्षेप गर्ने वा हानि पुर्याउने जो कोहीलाई पहिचान गर्न, सम्पर्क गर्न वा कानुनी कारबाहीमा ल्याउनको लागि व्यक्तिगत डाटा खुलासा गर्न आवश्यक हुँदा हामी त्यस्ता निकायहरूलाई पनि यसको खुलासा गर्छौँ। | कानुनी दायित्व |
रणनीतिक साझेदारहरू
कानुनद्वारा आवश्यक गरिएको समयमा हामी रणनीतिक साझेदारहरूसँग तपाईंका व्यक्तिगत डाटा साझा गर्नेछौँ जसबाट हामी तपाईंलाई हाम्रा सेवा उपलब्ध गराउन सक्षम हुन्छौँ। | वैध सरोकार |
व्यवसायिक साझेदार
हाम्रा कानुनी दायित्वहरूको पालना गर्न र तपाईंका अपेक्षा र हाम्रा अनुबन्धीय दायित्व र उत्तम तरिकाहरू अनुसार हाम्रो सेवा उपलब्ध गराउनका लागि हामी सल्लाहकार, वकिल, परामर्शदाता, लेखा परीक्षक, मार्केटिङ सेवा वा लेखापालहरूसँग तपाईंका व्यक्तिगत डाटा साझा गर्नेछौँ। | वैध सरोकार |
7. नाबालिग
हामी 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई प्रत्यक्ष रूपमा सेवाहरू उपलब्ध गर्दैनौँ वा पूरा सक्रियतामा उनीहरूका व्यक्तिगत जानकारी सङ्कलन गर्दैनौँ। यदि तपाईं 18 भन्दा कम हुनुहुन्छ भने, कृपया साइट वा प्रस्तावहरू प्रयोग नगर्नुहोस् वा हामीसँग व्यक्तिगत डाटा साझा नगर्नुहोस्। यदि तपाईंले 18 वर्षभन्दा कम उमेरका कसैले गैरकानुनी रूपमा हामीलाई व्यक्तिगत डाटा उपलब्ध गराएको थाहा पाउनुभएमा, कृपया हामीलाई dpo@euronetworldwide.com मा सम्पर्क गर्नुहोस्।
8. डाटा सुरक्षा
हामी ग्राहकका व्यक्तिगत डाटा सुरक्षा गर्न प्रतिबद्ध छौँ र तपाईंले हामीलाई सुम्पनुभएका जानकारीको कुनै पनि हानि, दुरुपयोग र बदलाव रोक्नका लागि हामीले व्यावसायिक रूपमा उचित र उपयुक्त सुरक्षाहरू राखेका छौँ। RIA मा, हामी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुसार तपाईंका व्यक्तिगत डाटा राम्रोसँग सुरक्षित छ भनी सुनिश्चित गर्न सधैँ प्रयास गर्नेछौँ। हामी तपाईंका व्यक्तिगत जानकारीको सुरक्षा र सुरक्षित गर्न उपयुक्त भौतिक, इलेक्ट्रोनिक र व्यवस्थापकीय उपायहरू लागू गरेर डाटा सुरक्षा गर्न यस प्रतिबद्धता कायम राख्छौँ।
हाम्रा प्रणालीहरूलाई अवैध पहुँचबाट जोगाउन हामी सुरक्षित, परिष्कृत अत्याधुनिक भौतिक र संगठनात्मक सुरक्षा उपायहरू प्रयोग गर्छौँ जसलाई प्रक्रिया गरिएका व्यक्तिगत डाटा अनुसार अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू र लागत दक्षता अनुरूप उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न निरन्तर बढाइन्छ। सबै व्ययक्तिगत डाटालाई सीमित प्रशासकीय पहुँचको साथ फायरवाल र अन्य परिष्कृत सुरक्षा संयन्त्रहरूद्वारा सुरक्षित स्थानमा राखिन्छ।
तपाईंको डाटामा पहुँच भएका साथै तिनीहरूलाई प्रक्रिया गर्ने कर्मचारीहरू तपाईंका डाटालाई गोप्य राख्न र हामीले हाम्रो संगठनमा लागू गरेको गोपनीयता नीतिको पालना गर्न अनुबन्धित रूपमा बाध्य छन्।
हामीले तपाईंको गोपनीयता सुरक्षा गर्न उद्योग-मानक उपायहरू अपनाएर डाटा सुरक्षाको उच्चतम स्तर हासिल गर्ने लक्ष्य राख्ने क्रममा, कुनै पनि सुरक्षा प्रणाली पूर्ण रूपमा त्रुटिरहित वा अभेद्य हुँदैन। परिणामस्वरूप, हामी व्यक्तिगत डाटा पूर्ण रूपमा सुरक्षित छ भनेर ग्यारेन्टी दिन सक्दैनौँ (र गर्दैनौँ)।
9. प्रोफाइलिङ र स्वचालित निर्णय-गर्ने
स्पष्ट रूपमा अधिकृत स्वीकृतिको साथ, हामी तपाईंलाई हाम्रा उत्पादन र सेवाहरूको सम्बन्धमा त्यस अनुरूपको उपयुक्त जानकारी र सल्लाह उपलब्ध गराउँछौँ। तपाईं इच्छुक हुन सक्नुहुन्छ भनेर हामीलाई लागेका विशेष ग्राहक कार्यक्रमहरूको निमन्त्रणाहरूका साथै तपाईंको लागि उपयुक्त हुन सक्छ भनेर हामीलाई लागेका उत्पादन र सेवाहरूको सिफारिसहरू लगायत तपाईंलाई उपयुक्त सञ्चार र विज्ञापनहरू लक्षित गर्न हामी तेस्रो पक्षहरू प्रयोग गरेर डाटा विश्लेषण गर्छौँ।
यदि कानुनद्वारा अधिकार दिइएको वा सम्झौताको प्रदर्शन गर्नको लागि आवश्यक भएमा, हामी केही मामिलामा स्वचालित निर्णय-प्रक्रिया र प्रोफाइलिङ प्रयोग गर्न सक्छौँ। उदाहरणका लागि, रेमिट्यान्स सेवाका लागि स्वचालित अधिकार दिने। प्रोफाइलिङ र स्वचालित निर्णय प्रक्रियाको साथ अगाडि बढ्नको लागि कानुनी आधार वैध हित हो।
हामी कारोबार अनुगमन जस्ता प्रक्रियाहरूमा मनि लाउन्डरिङ आतङ्कवादी वित्त पोषण र वित्तीय सेवाहरूको रोकथामसँग सम्बन्धित कानुनी आवश्यकताहरूको अनुपालनमा धोकाधडीको प्रतिरोध गर्न स्वचालित निर्णयहरू पनि गर्छौँ। यदि यस्तो निर्णयले कानुनी प्रभाव पार्छ वा तपाईंलाई समान रूपमा महत्त्वपूर्ण तरिकाले असर गर्छ भने, तपाईंसँग प्रोफाइलिङ लगायत पूर्ण स्वचालित निर्णय-प्रक्रियाको अधीनमा नरहन अनुरोध गर्ने अधिकार छ। यदि निर्णय-प्रक्रियामा प्रवेश गर्न वा तपाईंसँग सम्झौता गर्नको लागि आवश्यक भएमा वा निर्णय-प्रक्रियालाई लागू डाटा सुरक्षा कानुन अन्तर्गत अनुमति दिइएको छ वा हामीले तपाईंको स्पष्ट सहमति प्राप्त गरेको भएमा यो अधिकार लागू हुँदैन।
10. मार्केटिङ र विज्ञापन
तेस्रो-पक्ष विज्ञापनदाताहरूले विज्ञापनहरू प्रदान गर्छन् जुन हाम्रो वेबसाइट, हाम्रो एप वा सेवाहरूमा अन्यत्र डिस्प्ले हुन्छन्। हाम्रा ग्राहकहरूले हामीलाई सिधै दिएका कुनै पनि जानकारीमा तेस्रो-पक्ष विज्ञापनदाताहरूको पहुँच हुँदैन। सामान्यतया, कुन विज्ञापनहरू तपाईंलाई रोचक हुन उपयुक्त छन् भनी मूल्याङ्कन गर्न विज्ञापनदाताहरू कुकीहरू वा केही अन्य वेब/एप-आधारित संयन्त्रमा भर पर्छन्। हामी तपाईंको सहमति बिना तपाइँको प्रणालीमा "लक्ष्यीकरण कुकीहरू" वा "लक्ष्यीकरण" र "स्थान" सक्षम गर्दैनौँ।
यदि तपाईंले वेबसाइटमा कुकीहरू लक्षित गर्ने स्वीकार गरेर वा एपमा लक्षित गर्ने सक्षम गरेर आफ्नो सहमति प्रदान गर्नुभएको भएमा, हामीले त्यस्तो गर्न तेस्रो पक्षहरू प्रयोग गर्न सक्छौँ (पुनः मार्केटिङ र समान दर्शक सुविधाहरू)। तपाईंले आफ्नो कुकी सेटिङहरू यहाँ परिमार्जन गर्न सक्नुहुन्छ तपाईंले आफ्नो कुकी सेटिङहरू यहाँ परिमार्जन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षहरू हाम्रो गोपनीयता सूचनाद्वारा बाध्य छैनन्। तेस्रो पक्षहरूको गोपनीयता नीति बुझ्नको लागि, तपाईंले तिनीहरूको वेबसाइट हेर्नुपर्छ। तपाईंले हाम्रो कुकी नीति मा लक्ष्यीकरणका लागि कुकीहरू प्रयोग गर्न सक्ने सबै तेस्रो पक्षहरू फेला पार्न सक्नुहुन्छ।
हामी तपाईंलाई समय समयमा सम्पर्क गर्न सक्छौँ (आवश्यकता अनुसार र तपाईंको विशेष निर्देशनहरू अनुसार इमेल, एसएमएस पाठ सन्देश, पत्र वा फोनद्वारा) र आवश्यक भएको समयमा, तपाईंले हाम्रा सेवाहरूको बारेमा लक्ष्यीकरण मार्केटिङ उपलब्ध गराउन तपाईंको स्पष्ट सहमति प्रदान गर्दा। तपाईंले कुनै पनि समय dpo@euronetworlwide.com मा इमेल पठाएर वा हामीले तपाईंलाई पठाएको मार्केटिङ इमेलमा दिइएका निर्देशनहरू पालना गरेर आफ्नो सहमति फिर्ता लिन सक्नुहुन्छ।
11. इमेल मूल्याङ्कन
हामीले हाम्रा इमेलहरू खोलिएका छन् कि छैनन् र कति पटक खोलिएका छन् भनेर हामीलाई बताउन र इमेल भित्र रहेका लिङ्क वा विज्ञापनहरूको माध्यमबाट भएका कुनै क्लिकहरू प्रमाणित गर्न हाम्रो मार्केटिङ इमेलहरूमा पिक्सेलहरू प्रयोग गर्न सक्छौँ। यस जानकारीको प्रयोगमा निम्न समावेश हुन सक्छ:
- हाम्रो इमेल प्रयोगकर्ताहरू मध्ये कसलाई बढी रोचक लाग्यो भनेर जान्न।
- हाम्रा उत्पादन र सेवाहरूमा प्रयोगकर्ताहरूको गतिविधि र संलग्नता निर्धारण गर्न।
- हाम्रा विज्ञापनदाताहरूलाई (समग्रमा) कति प्रयोगकर्ताहरूले विज्ञापनहरूमा क्लिक गरेका छन् भनेर सूचित गर्न।
- हाम्रा दर्शकहरू कुन क्षेत्रमा स्थित छन्।
12. मेरा अधिकारहरू के के हुन्?
ग्राहकहरूले आफ्नो व्यक्तिगत डाटा पहुँच, अद्यावधिक, परिमार्जन वा मेटाउन खोज्न सक्छन्। तपाईंको देशको आधारमा, तपाईंसँग फरक अधिकार हुन सक्छ। यद्यपि, तपाईंको देशको परवाह नगरी, तपाईं कुनै पनि समयमा निम्न अभ्यास गर्न सक्नुहुन्छ:
- कुनै पनि व्यक्तिगत डाटामा पहुँच अनुरोध गर्ने ("विषय पहुँच अनुरोध")। तपाईंको पहुँच अधिकार प्रयोग गर्दा, तपाईंले हामीलाई तपाईंको बारेमा हामीले राखेका सबै व्यक्तिगत डाटा, तपाईंको व्यक्तिगत डाटासँग हामीले गरेका प्रक्रिया गतिविधिहरू, तपाईंको व्यक्तिगत डाटाको प्राप्तकर्ताहरू, व्यक्तिगत डाटाका विभिन्न कोटिहरू, हामी कति लामो समयसम्म तपाईंको व्यक्तिगत डाटाको प्रक्रिया गर्छौँ र तपाईंको व्यक्तिगत डाटाको सम्बन्धमा कुनै पनि स्वचालित निर्णयको अस्तित्वको बारेमा सोध्न सक्नुहुन्छ।
- कुनै पनि गलत व्यक्तिगत डाटाको संशोधन जुन हामीले तपाईंको बारेमा हामीले राखेका हुन्छौँ। यदि तपाईंले आफ्नो इमेल ठेगाना परिवर्तन गर्नुभएमा वा तपाईंले आफ्नो कुनै पनि व्यक्तिगत डाटामा हिज्जे त्रुटि रहेको देख्नुभएमा, तपाईंले आफ्नो परिमार्जनको अधिकार प्रयोग गर्न सक्नुहुन्छ।
- हामीले तपाईंको बारेमा राखेका कुनै पनि व्यक्तिगत डाटा मेटाउन अनुरोध गर्ने। यदि तपाईं अब हामीबाट कुनै समाचार प्राप्त गर्न चाहनुहुन्न वा तपाईं हाम्रा कुनै पनि सेवाहरू प्रयोग गरिरहन चाहनुहुन्न भने तपाईंले हामीलाई आफ्नो बारेमा हामीले राखेका कुनै पनि व्यक्तिगत डाटा मेटाउन अनुरोध गर्न सक्नुहुन्छ। कृपया ध्यान दिनुहोस्, हामी हाम्रा कुनै पनि कानुनी दायित्वहरू पूरा गर्नको लागि तपाईंका व्यक्तिगत डाटा कायम राख्न सक्छौँ। यद्यपि, तपाईंका व्यक्तिगत डाटा कुनै अन्य उद्देश्यका लागि प्रयोग गरिने छैन।
यदि तपाईंले यो गोपनीयता सूचना वा लागू कानून अन्तर्गत हाम्रा कर्तव्यहरू पालना गर्न असफल भएको महसुस गर्नुभएमा, ग्राहकहरूसँग अधिकार-युक्त डाटा सुरक्षा निकाय वा अदालतहरूमा उजुरी दायर गर्ने अधिकार पनि छ। आवश्यक नभए पनि, हामी ग्राहकहरूलाई उनीहरूका कुनै पनि उजुरीहरूको बारे हामीलाई सूचित गर्न प्रोत्साहित गर्छौँ र हामी हाम्रो उजुरी प्रक्रिया अनुसार प्रतिक्रिया दिनेछौँ।
हामी तपाईंको अनुरोधलाई सकेसम्म चाँडो र सधैँ लागू कानुनमा उल्लेख गरिएको समय सीमाभित्र जवाफ दिनेछौँ।
कुनै पनि लागू अधिकारका लागि र हामीले तपाईंको अनुरोधलाई जवाफ दिनु पर्छ भन्ने समयको सही मात्रा निर्धारण गर्न, कृपया तलको विशिष्ट खण्डहरू हेर्नुहोस्।
आफ्नो अधिकारको प्रयोग गर्नको लागि, तपाईंले dpo@euronetworlwide.com मा इमेल पठाउनु पर्छ। तपाईंको गोपनीयताको रक्षा गर्न र सुरक्षा कायम राख्न, हामी तपाईंको पहिचान प्रमाणित गर्न कदमहरू चाल्नेछौँ र/वा तपाईंको कुनै पनि व्यक्तिगत डाटामा पहुँच वा परिमार्जन प्रदान गर्नु अघि अन्य विवरणहरू उपलब्ध गराउन अनुरोध गर्न सक्छौँ। आवश्यक परेको समयमा, यदि हामीसँग तपाईंको आईडीको प्रति वा तपाईंको पहिचान प्रमाणित गर्ने कुनै कानुनी वैध कागजात नभएमा, हामी तपाईंको अनुरोधको जवाफ दिन सक्षम हुँदैनौँ।
13. गोपनीयता उजुरी प्रक्रिया
यदि ग्राहकहरूले यस गोपनीयता सूचना वा लागू कानून अन्तर्गत हाम्रा कर्तव्यहरू पालना गर्न असफल भएको विश्वास गरेको अवस्थामा, ग्राहकहरूसँग डाटा सुरक्षा निकाय वा अदालतहरूमा उजुरी दायर गर्ने अधिकार छ:
- युरोप (EEA): सदस्यहरू | युरोपेली डाटा संरक्षण बोर्ड (europa.eu)
- UK: सूचना आयुक्त अधिकारी (ICO)
- स्विट्जरल्याण्ड: सङ्घीय डाटा संरक्षण र सूचना आयुक्त (FDPIC)
- भारत: इलेक्ट्रोनिक्स र सूचना प्रविधि विभाग
- सिङ्गापुर: व्यक्तिगत डाटा संरक्षण आयोग
- फिलिपिन्स: राष्ट्रिय गोपनीयता आयोग
- मलेसिया: व्यक्तिगत डाटा संरक्षण विभाग
- न्युजील्याण्ड: गोपनीयता आयुक्तको कार्यालय
- अस्ट्रेलिया: अस्ट्रेलियाली सूचना आयुक्तको कार्यालय
- क्यालिफोर्निया: न्याय विभागको गोपनीयता एकाइ
- USA: FTC
- क्यानाडा: क्यानाडाको गोपनीयता आयुक्तको कार्यालय
- मेक्सिको: Instituto Nacional de Transparencia, Acceso a la Información y Protección de Datos Personales
- चिली: Consejo para la Transparencia
RIA ले यो गोपनीयता सूचनालाई कुनै पनि समयमा संशोधन गर्ने अधिकार सुरक्षित राख्छ र RIA को वेबसाइट वा RIA लाई उपयुक्त लाग्ने कुनै अन्य मोड मार्फत त्यस्ता संशोधनहरूको सूचना राख्ने छ।
14. क्यालिफोर्निया निवासीहरूका लागि सूचना
यो थप खुलासा क्यालिफोर्निया उपभोक्ता गोपनीयता अधिनियम ("CCPA") को आवश्यकताहरू पूरा गर्न लक्षित छ र गोपनीयता सूचनाको संयोजनमा पढ्न सकिन्छ।
क्यालिफोर्नियामा बस्ने ग्राहकहरूसँग निम्न अधिकार हुनेछ:
- हामीले सङ्कलन गर्ने व्यक्तिगत जानकारीको कोटिहरू, त्यस्ता जानकारीका स्रोतहरूको कोटिहरू, त्यस्ता जानकारी सङ्कलन वा साझेदारी गर्नको लागि हाम्रो व्यवसायिक उद्देश्य र हामीले त्यस्ता जानकारी साझा गर्ने तेस्रो पक्षका कोटीहरू लगायत अघिल्लो 12 महिनाको अवधिमा हाम्रो व्यक्तिगत जानकारी सङ्कलन अभ्यासहरूको खुलासा अनुरोध गर्ने र प्राप्त गर्ने।
- हामीले अघिल्लो 12 महिनाको अवधिमा उनीहरूका बारेमा सङ्कलन गरेका व्यक्तिगत जानकारीको प्रति अनुरोध गर्ने र प्राप्त गर्ने।
- तेस्रो-पक्ष प्राप्तकर्ताहरूको कोटिसँग बेचिएको व्यक्तिगत जानकारीका कोटिहरूको सूची र हामीले व्यावसायिक उद्देश्यका लागि खुलासा गरेका व्यक्तिगत जानकारीका कोटिहरूको सूची लगायत अघिल्लो 12 महिनाको अवधिमा हाम्रो जानकारी साझेदारी अभ्यासहरूको खुलासा अनुरोध गर्ने र प्राप्त गर्ने।
- हामी उनीहरूका बारेमा व्यक्तिगत जानकारी नबेच्न अनुरोध गर्ने (हामी तपाईंका व्यक्तिगत जानकारी बेच्दैनौँ) र;
- निश्चित अपवादहरूको अधीनमा हामीले उनीहरूका व्यक्तिगत जानकारी मेटाउन (र हाम्रा सेवा प्रदायकहरूलाई मेटाउन निर्देशन दिने) अनुरोध गर्ने।
CCPA को उद्देश्यका लागि व्यक्तिगत जानकारीको मतलब कुनै विशेष क्यालिफोर्नियाका बासिन्दा वा घरपरिवारलाई पहिचान गर्ने, योसँग सम्बन्धित भएको, यसलाई वर्णन गर्ने वा योसँग सम्बद्ध हुन सक्षम भएको वा यथोचित रूपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको हुन सक्ने जानकारी हो।
क्यालिफोर्नियाका बासिन्दाहरूले खुलासाको लागि अनुरोध गर्न हामीलाई निम्नद्वारा सम्पर्क गर्न सक्छन्:
- टोल फ्री टेलिफोन: 1-877-932-6640
- इमेल: dpo@euronetworldwide.com
हामी तपाईंलाई तपाईं आफूले दावी गर्ने व्यक्ति हुनुहुन्छ भनेर झुटो साक्षीको दण्ड अन्तर्गत हस्ताक्षर गरिएको बयान पेश गर्न अनुरोध गर्न सक्छौँ। हामी दश (10) दिनभित्र तपाईंको अनुरोधको प्राप्तिलाई स्वीकार गर्नेछौँ र तपाईंको अनुरोध प्राप्त भएको पैंतालीस (45) दिनभित्र प्रतिक्रिया दिने प्रयास गर्नेछौँ, तर यदि हामीलाई थप समय (अतिरिक्त पैंतालीस दिनसम्म) आवश्यक भएमा हामी तपाईंलाई थप समयका लागि हाम्रो आवश्यकता बारे सूचित गर्नेछौँ। यदि हामीले तपाईंको पहिचान प्रमाणित गर्न सकेनौँ र त्यो व्यक्तिगत जानकारी तपाईंसँग सम्बन्धित छ भनेर पुष्टि गर्न सकेनौँ भने हामी तपाईंको अनुरोधको प्रतिक्रिया दिन वा तपाईंलाई व्यक्तिगत जानकारी उपलब्ध गराउन सक्दैनौं।
तपाईंले 12-महिनाको अवधिभित्र दुई पटकसम्म हाम्री जानकारी सङ्कलन गर्ने तरिका, हामीले तपाईंको बारेमा सङ्कलन गरेका जानकारी वा हाम्रा साझेदारी अभ्यासहरू बारे खुलासा गर्न अनुरोध गर्न सक्नुहुन्छ।
हामी तपाईंको अनुरोधभन्दा 12 महिना अघि सङ्कलन गरिएका व्यक्तिगत जानकारीको प्रतिलिपिको लागि गरिएका अनुरोधको सम्बन्धमा, यदि तपाईंले हामीसँग खाता दर्ता गर्नुभएको भएमा, हामी तपाईंलाई कागजको प्रतिलिपि पठाएर वा तपाईंको दर्ता भएको खातामा इलेक्ट्रोनिक प्रतिलिपि उपलब्ध गराउने लगायत सजिलै प्रयोगयोग्य ढाँचामा जानकारी उपलब्ध गराउन प्रयास गर्नेछौँ। तपाईंको जानकारी मेटाउने अनरोधको सम्बन्धमा क्यालिफोर्निया कानुनले हामीलाई निश्चित जानकारी राख्न र केही परिस्थितिहरूमा यस्ता जानकारी नमेटाउन अनुमति दिन्छ (उदाहरणका लागि कारोबार, सुरक्षा घटनाहरू, धोखाधडीसम्बन्धी जानकारी)। उदाहरणको रूपमा, यदि हामीलाई तपाईंका लागि कारोबार पूरा गर्न वा अन्यथा सम्झौता गर्न त्यो जानकारी आवश्यक भएमा; सुरक्षा घटना, धोखाधडी वा गैरकानुनी गतिविधिहरू पत्ता लगाउन, त्यस विरुद्ध सुरक्षा वा मुद्दा चलाउन; हाम्रो ग्राहकको रूपमा तपाईंका अपेक्षाहरूका साथ जानकारीलाई आन्तरिक रूपमा मात्र उचित रूपमा पङ्क्तिबद्ध तरिकामा प्रयोग गर्न (जस्तै बिक्री रेकर्ड कायम राख्ने) र कानुनी दायित्वहरूको पालना गर्नका लागि हामीले जानकारी मेटाउने अनुरोधको पालना गर्नु आवश्यक छैन। यदि हामीले तपाईंबाट यस्तो अनुरोध प्राप्त गर्यौँ भने, हामी तपाईंको जानकारी मेटाउन संलग्न भएका कुनै पनि सेवा प्रदायकहरूलाई सूचित गर्नेछौँ।
यी मध्ये कुनै पनि अधिकारको प्रयोगको परिणामस्वरूप हामी तपाईंलाई भेदभाव गर्ने छैनौँ।
हामी मौद्रिक विचारको लागि तपाइँको जानकारी बेच्दैनौं, र हामी तपाइँको जानकारी अन्य मूल्यवान विचार को लागी खुलासा गर्दैनौं। यदि, भविष्यमा, हामी CCPA अन्तर्गत "बिक्री" को परिभाषा भित्र पर्ने प्रबन्धहरूमा प्रवेश गर्यौँ भने, हामी यो गोपनीयता नीति र CCPA सँगको हाम्रो अनुपालनलाई अद्यावधिक गर्नेछौँ।
तपाईंले औपचारिक पावर अफ अटर्नी भएको व्यक्ति मार्फत अनुरोध पेश गर्न सक्नुहुन्छ। अन्यथा, तपाईंले आधिकारिक एजेन्ट प्रयोग गरेर मात्र अनुरोध पेश गर्न सक्नुहुन्छ यदि (1) तपाईंले अनुरोध गर्नको लागि आधिकारिक एजेन्टलाई लिखित अनुमति प्रदान गर्नुभयो र (2) तपाईंले आफ्नो पहिचान प्रत्यक्ष रूपमा हामीसँग प्रमाणित गर्नुभयो। हामी एजेन्टलाई तपाईंको तर्फबाट अनुरोध गर्न अधिकार दिइएको छ भनी हामीलाई प्रमाण पेश गर्न आवश्यक गर्नेछौँ।
विगत 12 महिनाको अवधिमा, हामीले सूचीबद्ध स्रोतहरूबाट जानकारीको निम्न कोटीहरू सङ्कलन गरेका छौँ, यसलाई सूचीबद्ध व्यापार उद्देश्यका लागि प्रयोग गरेका छौँ र तेस्रो पक्षहरूको सूचीबद्ध कोटिहरूसँग साझेदारी गरेका छौँ। जानकारीको कोटिहरूमा हामीले हाम्रा वेबसाइट आगन्तुक, दर्ता भएका प्रयोगकर्ता, कर्मचारी, विक्रेता, आपूर्तिकर्ताहरू र हामीसँग अनलाइन वा अफलाइन अन्तरक्रिया गर्ने कुनै पनि व्यक्तिबाट सङ्कलन गर्ने जानकारी समावेश हुन्छ। सबै व्यक्तिहरूका बारेमा सबै जानकारी सङ्कलन गरिँदैन। उदाहरणका लागि, हामीले रोजगारीको लागि आवेदक वा विक्रेता वा ग्राहकहरूबाट विभिन्न जानकारी सङ्कलन गर्न सक्छौँ।
सङ्कलित जानकारीको कोटि | स्रोत | प्रयोगको लागि व्यवसायिक उद्देश्य | जानकारी प्राप्त गर्ने तेस्रो पक्षहरूका कोटिहरू |
---|---|---|---|
पहिचानकर्ताहरू (नाम, उपनाम, हुलाक ठेगाना, इमेल ठेगाना, फोन नम्बर, फ्याक्स नम्बर, खाता नाम, सामाजिक सुरक्षा नम्बर, चालक लाइसेन्स नम्बर, राहदानी नम्बर, युनिक व्यक्तिगत पहिचानकर्ता, आइपी ठेगाना) |
|
|
|
संवेदनशील जानकारी (वित्तीय खाता, चिकित्सा, स्वास्थ्य र स्वास्थ्य बीमा जानकारी, प्रयोगकर्ता नाम र पासवर्ड सहितको नाम) |
|
|
|
व्यावसायिक जानकारी (कारोबार इतिहास, खरिद, प्राप्त वा विचार गरिएका उत्पादन/सेवाहरू, उत्पादन प्राथमिकता) |
|
|
|
इलेक्ट्रोनिक नेटवर्क गतिविधि (ब्राउजिङ वा खोज इतिहास, वेबसाइट अन्तरक्रिया, विज्ञापन अन्तरक्रिया) |
|
|
|
अडियो, भिडियो वा समान जानकारी (ग्राहक सेवा कल, सुरक्षा निगरानी) |
|
|
|
भौगोलिक स्थान |
|
|
|
व्यावसायिक, शैक्षिक वा रोजगारसँग सम्बन्धित जानकारी |
|
|
|
बायोमेट्रिक्स |
|
|
|
संरक्षित वर्गीकरण जानकारी (जाति, लिङ्ग, जातीय, धर्म) |
|
|
|
*थप विशेष रूपमा, व्यापार उद्देश्यहरूमा निम्न समावेश छन्:
- तपाईंका लागि सेवाहरू प्रदान गर्ने;
- हामी एक पक्ष भएको कुनै पनि सम्झौताको सम्बन्धमा हाम्रो दायित्वहरू व्यवस्थापन गर्न वा अन्यथा पूरा गर्न;
- कारोबार वा अर्डर पूरा गर्न तपाईंलाई सहायता गर्न;
- सिपमेन्टको ट्र्याकिङलाई अनुमति दिन;
- इन्भ्वाइसहरू तयार गर्न र प्रक्रिया गर्न;
- प्रश्न वा अनुरोधहरूको जवाफ दिन र सेवा र सहायता उपलब्ध गराउन;
- बिक्री पछिको ग्राहक सम्बन्ध व्यवस्थापन उपलब्ध गराउन;
- हाम्रो ग्राहक खाताहरू सिर्जना गर्न र व्यवस्थापन गर्न;
- हाम्रा सेवा र उत्पादनहरूमा भएका परिवर्तनहरूका बारेमा तपाईंलाई सूचित गर्न;
- कुनै पनि पदोन्नति, प्रतियोगिता, सर्वेक्षण वा प्रतिस्पर्धा व्यवस्थापन गर्न;
- तपाईंलाई हाम्रा उत्पादन र सेवाहरूको बारेमा जानकारी प्रदान गर्न,
- तपाईंलाई हाम्रा उत्पादन र सेवाहरू व्यक्तिकृत तरिकामा प्रस्ताव गर्न, उदाहरणका लागि, हामी तपाईंलाई उपयुक्त उत्पादन र सेवाहरू अझ छिटो रूपमा पहिचान गर्न सक्षम बनाउनका लागि तपाईंका अघिल्ला अनुरोधहरूमा आधारित सुझावहरू उपलब्ध गराउन सक्छौँ।
- कारोबार, आन्तरिक अनुसन्धान र विकाससम्बन्धी लेखापरीक्षण:
- समस्या निवारण, साइट अनुकूलन, बृद्धि वा विकास, परीक्षण, अनुसन्धान, प्रशासन र हाम्रा साइटहरू र डाटा एनालिटिक्सको सञ्चालन लगायत आन्तरिक व्यापार प्रशासन र सञ्चालनहरू उपलब्ध गराउन;
- तपाईंका आवश्यकताहरू पूरा गर्न सक्ने उत्पादन वा सेवाहरू सिर्जना गर्न;
- हाम्रो तर्फबाट अन्य कम्पनी "द्वारा सञ्चालित" मार्केटिङ पहल, विज्ञापन र वेबसाइटहरूका कार्यसम्पादन मापन गर्न।
- सुरक्षा पहिचान, सुरक्षा र प्रवर्तन; कार्यक्षमता डिबगिङ, त्रुटि मर्मत:
- हाम्रा साइटहरूलाई सकुशल र सुरक्षित राख्ने हाम्रो कोसिसहरूको हिस्साको रूपमा;
- तपाईंको खाता र हाम्रो व्यवसायको सुरक्षा सुनिश्चित गर्न, धोखाधडी, दुर्भावनापूर्ण गतिविधि वा हाम्रा साइटहरूको दुरुपयोग रोक्ने वा पत्ता लगाउने, उदाहरणका लागि, तपाईंको खाताको पासवर्ड रिसेट गर्न प्रमाणीकरण जानकारी अनुरोध गरेर (यदि लागूयोग्य भएमा);
- निगरानी छविहरूको निगरानी मार्फत हाम्रो परिसरको भौतिक सुरक्षा सुनिश्चित गर्न;
- विवादहरू समाधान गर्न, हाम्रो आफ्नै, हाम्रा प्रयोगकर्ताहरू वा अरूको अधिकार, सुरक्षा र हितहरू रक्षा गर्न र हाम्रा कानुनी दायित्वहरूको पालना गर्न।
- गुणस्तर नियन्त्रण:
- गुणस्तर नियन्त्रणको अनुगमन गर्न र हाम्रा कानुनी दायित्व, संहिता र अध्यादेशहरू, नीति र प्रक्रियाहरूसँग अनुपालन सुनिश्चित गर्न,
- हाम्रा उत्पादन र सेवाहरू विकास र सुधार गर्न, उदाहरणका लागि, साइट र विभिन्न उपपृष्ठहरू हरेर, विशिष्ट उत्पादन र सेवाहरूका लागि माग र प्रयोगकर्ता टिप्पणीहरू समीक्षा गरेर।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस् – हाम्रो गोपनीयता सूचना र अभ्यासहरूको बारेमा प्रश्न वा चिन्ताहरूका लागि, कृपया यस गोपनीयता सूचनाको "हामी को हौँ" सेक्सनमा उपलब्ध गराइएको सम्पर्क जानकारी प्रयोग गरी हामीलाई सम्पर्क गर्नुहोस्।
15. युरोपेली (EEA) बासिन्दाहरूका लागि सूचना
सामान्य डाटा सुरक्षा नियमन (GDPR) अनुसार, आर्थिक युरोपेली क्षेत्र (EEA) का सबै बासिन्दाहरूले निम्न अधिकारहरू प्राप्त गर्न सक्नुहुन्छ:
- सूचनाको अधिकार
- पहुँचको अधिकार
- संशोधनको अधिकार
- मेटाउने अधिकार
- प्रक्रियामा प्रतिबन्ध लगाउने अधिकार
- डाटा पोर्टेबिलिटीको अधिकार
- आपत्ति जनाउने अधिकार
- स्वचालित निर्णय लिन नदिने अधीकार
माथि सूचीबद्ध कुनै पनि अधिकार प्रयोग गर्न, तपाईं यो गोपनीयता सूचनाको सेक्सन 12 मा तय गरिएका दायित्वहरूको पालना गर्नहुन्छ।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनदेखि, समय बढाउनका लागि अनुरोध नगरिएसम्म, हामी तपाईंलाई अधिकतम 30 दिनभित्र जवाफ दिनेछौंँ।
16. अर्जेन्टिनाका बासिन्दाहरूका लागि सूचना
कानुन Ley de Protección de Datos Personales 25.326 अनुसार, तपाईंसँग पहुँच प्राप्त गर्ने, सुधार गर्ने, अद्यावधिक गर्ने र मेटाउने अधिकार छ। तपाईंको अधिकार वा खारेज गर्न पाउने आफ्नो अधिकार प्रयोग गर्न वा आफ्नो व्यक्तिगत डाटाको प्रक्रियासँग सम्बन्धित कुनै पनि शङ्का वा गुनासो गर्नका लागि तपाईंले सेक्सन 12 मा तय गरिएको निर्देशन पालना गरेर हामीलाई dpo@euronetworlwide.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
तपाईंलाई यसबाट जानकारी गराइन्छ कि हामीले विशेष कारणका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग वा खुलासा गर्ने तरिका सीमित गर्न तपाईंसँग विकल्पहरू उपलब्ध हुन्छन्।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनदेखि, हामी तपाईंलाई अधिकतम 5 दिनभित्र (तपाईंको व्यक्तिगत डाटा मेटाउने र अद्यावधिक गर्ने अनुरोधहरूका लागि) वा अधिकतम 10 दिनभित्र (तपाईंको व्यक्तिगत डाटामा पहुँच प्राप्त गर्ने अनुरोधका लागि) जवाफ दिनेछौँ।
17. मेक्सिकी बासिन्दाहरूका लागि सूचना
Ria México ले (तल परिभाषित शब्द), सेक्सन 22 मा सङ्केत गरिएको गोपनीयता र व्यक्तिगत डाटा सुरक्षा उद्देश्यका लागि सूचनाहरू सुनुवाई र प्राप्त गर्ने अधिवासको साथ र Ley Federal de Protección de Datos Personales en Posesión de los Particulares ("मेक्सिकी कानुन") को अनुपालनमा, यसका नियम र दिशानिर्देशहरू, यसका प्रयोगकर्ता वा सम्भावित प्रयोगकर्ताहरूलाई मेक्सिकी कानुनद्वारा आवश्यक वैधता, सहमति, जानकारी, गुणस्तर, उद्देश्य, वफादारी, समानुपातिकता र जिम्मेवारीका सिद्धान्तहरूका साथ कडा अनुपालनमा व्यक्तिगत डाटा सङ्कलन गर्नुअघि डाटा विषयहरूको रूपमा उनीहरूको क्षमतामा वर्तमान गोपनीयता सूचना उपलब्ध गराउँछ।
Ley General de Organizaciones y Actividades Auxiliares del Crédito को धारा 81-A Bis को सन्दर्भमा रकम ट्रान्समिटरको रूपमा यसको क्षमतामा सेवाहरू उपलब्ध गराउने उद्देश्यका लागि, Ria México ले लागूयोग्य भएमा, सेक्सन 1 मा उल्लिखित कानुनी आधार अनुसार र निम्न उद्देश्यहरूका सम्बन्धमा व्यक्तिगत डाटा सङ्कलन गर्नेछ:
- Ria México मा पेश गरिएको भोटिङ क्रेडेन्सियलमा समावेश भएको व्यक्तिगत डाटा Instituto Nacional Electoral को रजिस्ट्रीमा समावेश भएकोसँग मेल खान्छ भनी प्रमाणित गर्न।
- Ria México लाई उपलब्ध गराइएको CURP डाटा Registro Nacional de Población मा दर्ता गरिएको डाटासँग मेल खान्छ भनी प्रमाणित गर्न।
साथै र आवश्यक भएको समयमा, धारा 81-A Bis मा उल्लेखित रकम ट्रान्समिटरहरूमा लागू समान कानुन ("प्रावधानहरू") को Ley General de Organizaciones y Actividades Auxiliares del Crédito को धारा 95 Bis मा उल्लेखित सामान्य प्रावधानको धारा 4 र 4 Bis को अनुपालन गर्न, Ria México ले कानुनी रूपमा तपाईंको भौगोलिक स्थान बारे जानकारी प्राप्त गर्नु साथै तपाईंको आवाज र अनुहारको छविको रेकर्डिङका लागि यसका प्रयोगकर्ता वा सम्भावित प्रयोगकर्ताहरूलाई अप्रत्यक्ष रूपमा (आमने-सामने नभई) पहिचान गर्न र अन्य सान्दर्भिक डाटा प्राप्त गर्न कानुनी रूपमा बाध्य छ जसको बारेमा प्रावधानहरूद्वारा आवश्यक आवेदनमा उपलब्ध विशेष फाराममा विस्तृत रूपमा व्याख्या गरिनेछ। हामी सधैँ तपाईंको सहमतिको आधारमा त्यस्तो जानकारी प्रक्रिया गर्नेछौँ।
तपाईंसँग पहुँच प्राप्त गर्ने, सुधार गर्ने, रद्द गर्ने र प्रक्रियाको विरोध गर्ने अधिकार ("ARCO अधिकार") छ; त्यसै गरी, तपाईंसँग आफ्नो व्यक्तिगत डाटालाई प्रक्रिया गर्नको लागि दिइएको सहमतिलाई कानुनले अनुमति दिइएको हदसम्ममा रहेर कुनै पनि समयमा सीमित वा रद्द गर्ने अधिकार छ। तपाईंको कुनै पनि ARCO अधिकारहरू प्रयोग गर्न, आफ्नो सहमति रद्द गर्न वा आफ्नो व्यक्तिगत डाटाको प्रक्रियाका बारेमा कुनै प्रश्न वा गुनासो पेश गर्नका लागि, तपाईंले सेक्सन 12 मा दिइएका निर्देशनहरू पालना गरेर हामीलाई: dpo@euronetworlwide.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
हामी तपाईंको अनुरोध प्राप्त भएको मितिबाट 20 दिनभन्दा अगावै तपाईंलाई जवाफ दिनेछौँ र यो हामीले तपाईंलाई हाम्रो जवाफ सूचित गरेको 15 कार्य दिनभन्दा पछि प्रभावकारी हुनेछैन।
18. चिलीका बासिन्दाहरूका लागि सूचना
कानुन बमोजिम, तपाईंसँग पहुँच, शुद्धि, रद्द र व्यवहारको विरोध ("ARCO अधिकार") गर्ने अधिकार छ; त्यसैगरी, कानुनले अनुमति दिएको हदसम्म, आफ्नो व्यक्तिगत डाटाको प्रक्रियाका लागि दिइएको सहमतिलाई कुनै पनि समयमा रद्द गर्ने अधिकार पनि छ। तपाईंको ARCO अधिकार वा तपाईंको रद्द गर्न पाउने अधिकार प्रयोग गर्न वा तपाईंका व्यक्तिगत डाटाको प्रक्रियासँग सम्बन्धित कुनै शङ्का वा गुनासो गर्न, तपाईंले सेक्सन 12 मा तय गरिएका निर्देशनको पालना गरेर हामीलाई dpo@euronetworlwide.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
तपाईंलाई यसबाट जानकारी गराइन्छ कि हामीले विशेष कारणका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग वा खुलासा गर्ने तरिका सीमित गर्न तपाईंसँग विकल्पहरू उपलब्ध हुन्छन्।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनबाट अधिकतम 2 दिनभित्रमा हामी तपाईंलाई जवाफ दिनेछौँ।
19. मलेसियाका बासिन्दाहरूका लागि सूचना
व्यक्तिगत डाटा सुरक्षा ऐन 2010 अनुरूप, ग्राहकहरूले यो गोपनीयता सूचनाको सेक्सन 2 मा स्थापित कुनै पनि उद्देश्यका लागि आफ्नो व्यक्तिगत डाटा हामीलाई उपलब्ध गराउन सक्नुहुन्छ। हामीले कुनै थप उद्देश्यका लागि तपाईंको व्यक्तिगत डाटा प्रकिया गर्ने भएमा, हामी पहिले नै तपाईंलाई जानकारी गरानेछौँ वा तपाईंको अभिव्यक्त सहमतिको अनुरोध गर्नेछौँ।
कुनै पनि समयमा, तपाईं सेक्सन 10 मा तय गरिएका अधिकारहरू प्राप्त गर्न सक्नुहुन्छ। कुनै कानुनी दायित्व पूरा गर्न वा तपाईंलाई हाम्रो कुनै सेवा उपलब्ध गराउने प्रक्रियाको गतिविधि आवश्यक नभएसम्म तपाईंले आफ्नो सहमति फिर्ता लिन पनि सक्नुहुन्छ। तपाईंलाई त्यस्तो प्रक्रियाको गतिविधिले तपाईंलाई कुनै क्षति वा कष्ट निम्त्याउन सक्छ भन्ने लागेमा तपाईं प्रकियामा आपत्ति जनाउन पनि सक्नुहुन्छ।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनबाट अधिकतम 21 दिनभित्रमा हामी तपाईंलाई जवाफ दिनेछौँ।
PDPA का सर्तहरू अनुसार, RIA सँग कुनै पनि डाटा पहुँचको अनुरोधको प्रक्रियाका लागि शुल्क लगाउने अधिकार हुन्छ।
20. न्युजिल्यान्ड बासिन्दाहरूका लागि सूचना
न्युजिल्यान्डका सबै बासिन्दाहरूका लागि, तपाईंले आफ्नो व्यक्तिगत डाटा प्रक्रियाको सम्बन्धमा प्राप्त गर्न सक्ने अधिकारहरू सेक्सन 12 मा सूचीकृत अधिकारहरू हुन्। कृपया ध्यानमा राख्नुहोस् कि तपाईंको कुनै पनि अधिकार प्राप्त गर्नका लागि, तपाईंले माथि उल्लिखित सेक्सन 12 मा तय गरिएको निर्देशन पालना गर्न आवश्यक हुन्छ।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनबाट अधिकतम 20 दिनमा हामी तपाईंलाई जवाफ दिनेछौँ।
21. अष्ट्रेलिया बासिन्दाहरूका लागि सूचना
अष्ट्रेलियाका सबै बासिन्दाहरूका लागि, तपाईंले आफ्नो व्यक्तिगत डाटा प्रक्रियाको सम्बन्धमा प्राप्त गर्न सक्ने अधिकारहरू सेक्सन 12 मा सूचीकृत अधिकारहरू हुन्। कृपया ध्यानमा राख्नुहोस् कि तपाईंको कुनै पनि अधिकार प्राप्त गर्नका लागि, तपाईंले माथि उल्लिखित सेक्सन 12 मा तय गरिएको निर्देशन पालना गर्न आवश्यक हुन्छ।
तपाईं हामीलाई लागूयोग्य कानुन अनुसार हाम्रा डाटा नीति र अभ्यासहरू बताउनका लागि अनुरोध गर्न पनि सक्नुहुन्छ।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनबाट अधिकतम 30 दिनभित्रमा हामी तपाईंलाई जवाफ दिनेछौँ।
22. भारतीय बासिन्दाहरूका लागि सूचना
भारतका सबै बासिन्दाहरूका लागि, तपाईंले आफ्नो व्यक्तिगत डाटा प्रक्रियाको सम्बन्धमा प्राप्त गर्न सक्ने अधिकारहरू सेक्सन 12 मा सूचीकृत अधिकारहरू हुन्। कृपया ध्यानमा राख्नुहोस् कि तपाईंको कुनै पनि अधिकार प्राप्त गर्नका लागि, तपाईंले माथि उल्लिखित सेक्सन 12 मा तय गरिएको निर्देशन पालना गर्न आवश्यक हुन्छ।
साथै, हाम्रो कुनै पनि सेवा तपाईंलाई उपलब्ध गराउन प्रोफाइलिङ आवश्यक नभएमा तपाईं आफ्नो डाटा पोर्टेबिलिटीको अधिकार र प्रोफाइलिङ जस्ता कानुनी प्रभावहरू उत्पन्न गर्ने स्वचालित रूपमा निर्णय लिने अधिनमा नहुने अधिकार प्राप्त गर्न सक्नुहुन्छ।
हामीले तपाईंको अनुरोध प्राप्त गरेको दिनबाट अधिकतम 30 दिनभित्रमा हामी तपाईंलाई जवाफ दिनेछौँ।
23. सेवा अनुसार हाम्रा कम्पनीहरू
देश र सेवाको आधारमा तलका कम्पनीहरूले प्रतिनिधित्व गर्ने नियन्त्रक Ria हो:
मनी ट्रान्सफर सेवा
देश | सम्पर्क गर्ने कम्पनी (नियन्त्रक) | सम्पर्क विवरण |
---|---|---|
युनाइटेड किंगडम | Euronet Payment Services Ltd. | Part 7th Floor, North Block, 55 Baker Street, London, United Kingdom, W1U 7EU |
युरोप (डिजिटल र मोबाइल) |
Ria Lithuania UAB | Upes g.22, Vilnius LT.08120 |
युरोप एजेन्टहरू | Ria Payment Institution EP SAU | Calle Cantabria 2, Planta 2 Alcobendas 28120 Madrid España |
स्विजरल्याण्ड | Ria Financial Services GmbH | Place de Cornavin 14 – 16, Geneva - 1201 |
संयुक्त राज्य अमेरिका | Continental Exchange Solutions, Inc. | 6565 Knott Ave, Buena Park, CA 90620, USA |
पोर्टो रिको | Ria Financial Services Puerto Rico, Inc. | c/o Fast Solutions, LLC, Citi Tower 252 Ponce de Leon Avenue, Floor 20 SAN JUAN, PR 00918 |
क्यानाडा | Ria Telecommunications of Canada Inc | 1000, rue De La Gauchetière O (#2500) Montréal (Québec) H3B 0A2 |
मेक्सिको | Ria Mexico Payment Solutions, S. de R.L. de C.V. | Av. Insurgentes Sur, 686-B Despacho 1003, Colonia del Valle, Alcaldía Benito Juárez, C.P. 03100, Ciudad de México, México |
चिली | Ria Chile Servicios Financieros SPA | Región Metropolitana de Santiago, Santiago, Catedral 1401 |
अर्जेन्टिना | EURONET PAYMENT SERVICES LIMITED Sucursal de sociedad extranjera |
República Argentina: Santa Fe 1752, 1° piso, departamento A, Ciudad Autónoma de Buenos Aires. |
मलेशिया | IME M SDN BHD | Unit 38-02, Level 38, Q Sentral 2A, Jalan Stesen Sentral 2, 50470, Kuala Lumpur |
सिंगापुर | Ria Financial Services Singapore PTE. LTD. | 152, Beach Road, #19-01/02, Gateway East, Singapore 189721 |
फिलिपिन्स | Ria Money Transfer, INC. | 38th Floor, Philamlife Tower, 8767 Paseo De Roxas, Makati City, Philippines |
Ria स्टोर तथा मुद्रा विनिमय सेवाहरू।
देश | सम्पर्क गर्ने कम्पनी (नियन्त्रक) | सम्पर्क विवरण |
---|---|---|
इटाली | Ria Italia S.r.l. unipersonale | Via Francesco Benaglia, n. 13 – Roma, 00153 |
स्विजरल्याण्ड | Ria Financial Services GmbH | Place de Cornavin 14 – 16, Geneva - 1201 *** कम्पनीको दर्ता गरिएको ठेगाना Langstrasse 192, 8005 Zürich हो |
फ्रान्स | Ria France S.A.S | 1 Rue du 19 Mars 1962, 92230 Gennevilliers, France |
बेल्जियम | Ria Envia Belgium SPRL | Rue Joseph II, 36-38 - 1000 Bruxelles |
जर्मनी | Ria Deutschland GmbH | Friedrichstr. 200 10117 Berlin |
स्वीडेन | Ria Financial Services Sweden AB | Armégatan 40, 5 tr 171 71 Solna |
नर्वे | Ria Financial Services नर्वे AS | Skippergata 33, 0186 Oslo |
डेनमार्क | Ria Financial Services Denmark ApS | Nørre Voldgade 21, 1358 København K |
तपाईंले सधैँ हाम्रो डाटा सुरक्षा अधिकारीलाई निम्न ठेगानामा इमेल पठाएर अनुरोध पेश गर्न सक्नुहुन्छ: dpo@euronetworldwide.com।